Kathmandu Press

प्रतिनिधि सभाको बैठक बस्दै, सरकारले विजनेस नदिदा कार्यसुचीमा शोक प्रस्ताव मात्र 

काठमाडौं, चैत्र ३ : संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा...
प्रतिनिधि सभाको बैठक बस्दै, सरकारले विजनेस नदिदा कार्यसुचीमा शोक प्रस्ताव मात्र 

काठमाडौं, चैत्र ३ : संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्न लागेको हो ।

बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको छ । सरकारले अध्यादेश पेश गर्ने लगायत विजनेश नदिएकोले आज लामो समय प्रतिनिधि सभा बैठक नबस्ने भएको छ। तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले नै संसदलाई गतिशील र प्रभावकारी बनाउन नचाहेको आरोप लगाएका छन्। आजको बैठकमा सभामुख उपस्थित नभएका बेला सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरेपछि पुनर्स्थापित संसदको यो तेस्रो बैठक हो । यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो।

प्रकाशित मिति: ०७:२० बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्