Kathmandu Press

बार्सिलोनाको शानदार जित, मेस्सीले गरे दुई गोल 

काठमाडौं, चैत्र २ : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले शानदार जित हात पारेको छ ।सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४...
बार्सिलोनाको शानदार जित, मेस्सीले गरे दुई गोल 

काठमाडौं, चैत्र २ : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४ १ गोल अन्तले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक/एक गोल गरे ।

हुयस्काका राफा मिरले एक गोल फर्काए । यो सँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले २७ खेलमा ५९ अंक जोडेको छ । हुयस्का २० अंकसहित पुछारमा छ ।

प्रकाशित मिति: ०७:०९ बजे, मंगलबार, चैत ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्