Kathmandu Press

वुल्भ्सविरुद्ध लिभरपुलको कठिन जित

वुल्भ्सविरुद्ध लिभरपुलको कठिन जित

काठमाडौं, चैत्र ३ : डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। लिभरपुलले वुल्भ्सविरुद्ध १–० गोलको जित निकालेको हो।

सोमबार राति घरेलु टिम वुल्भ्सविरुद्धको जितमा डिएगो जोताले गरेको गोल नै जितको आधार बन्यो। घरेलु टिम वुल्भ्सले लिरभपुलविरुद्ध राम्रो खेले पनि गोल गर्न भने सकेन। पहिलो हाफको अन्तिम समयमा जोताले गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो ।

 वुल्भ्सलाई पराजित गर्दै लिगको छैटौं स्थानमा उक्लिएको लिभरपुलको २९ खेलबाट ४६ अंक छ। पराजित वुल्भस भने  २९ खेलबाट ३५ अंक सहित लिगको १३ औं स्थानमा रहेको छ । लिगको शीर्ष स्थानमा भने म्यानचेस्टर सिटी रहेको छ।

सिटीको ३० खेलबाट ७१ अंक छ। लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अंक हुँदा तेस्रो स्थानमा रहेको लेस्टर सिटीको समान खेलबाट ५६ अंक छ।

प्रकाशित मिति: ०६:५२ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्