राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं, चैत्र ३ : राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।राष्ट्रपति भण्डारीले हिजो (सोमबार) आज (मङ्गलवार) दिउँसो चार बजेका लागि बैठक...
काठमाडौं, चैत्र ३ : राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
राष्ट्रपति भण्डारीले हिजो (सोमबार) आज (मङ्गलवार) दिउँसो चार बजेका लागि बैठक आह्वान गरेकी थिईन् । बैठकमा सहभागी हुन संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई बोलाइएको जनाइएको छ ।
छलफलका बिषय नखुलाईपनि दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयास स्वरुप राष्ट्रपतिले सर्वदलीय बैठक बोलाईएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गर्ने निर्णय गरेयता देशको राजनीतिक परिस्थिति तरल बनेको छ।
सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णय बदर गरिसकेको छ। त्यस्तै, सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एकीकरण गर्ने निर्णय पनि बदर गरेको छ।
त्यसपछि एमाले र माओवादी अलग हुँदा सत्ता समिकरणमा फेरबदलका लागि दलहरु छलफलमा छन्।
प्रकाशित मिति: ०६:४१ बजे, मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1790853075.png)

