राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक
काठमाडौं, चैत २ : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन्।समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्न राष्ट्रपति भण्डारीले सर्वदलीय...
काठमाडौं, चैत २ : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन्।
समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्न राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएकी हुन्। संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए।
राष्ट्रपतिले मंगलबार दिउसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी छन्। दलहरुबीच अविश्वास बढिरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गर्ने निर्णय गरेयता देशको राजनीतिक परिस्थिति तरल बनेको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णय बदर गरिसकेको छ।
त्यस्तै, सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एकीकरण गर्ने निर्णय पनि बदर गरेको छ। त्यसपछि एमाले र माओवादी अलग हुँदा सत्ता समिकरणमा फेरबदलका लागि दलहरु छलफलमा छन्।









-1790853075.png)

