राष्ट्रिय भेला नरोक्ने नेपाल पक्षको निर्णय, ओलीकाे चियापानमा नजाने निर्देशन
काठमाडौं, चैत २ : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ।सोमबार बानेश्वरमा बसेको नेपाल पक्षका केन्द्रीय सदस्य र...
काठमाडौं, चैत २ : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ।
सोमबार बानेश्वरमा बसेको नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुको बैठकले राष्ट्रिय भेला नरोक्ने निर्णय गरेको हो। नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।
त्यस्तै, बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रममा पनि नजाने निर्देशन दिएको छ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रम राखेको छ। जसमा एमालेका केन्द्रीय सदस्य र सांसदलाई निम्ता गरेको छ।
यसअघि अध्यक्ष ओली र नेपाल पक्षबीच धुम्बाराहीमा वार्ता भएको थियो। वार्तामा कुनै सहमति नजुटेपछि नेपाल पक्षले राष्ट्रिय भेला स्थगित नगर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: १९:३४ बजे, सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1790853075.png)

