ओलीको अडान : २८ गतेको निर्णय उल्ट्याउन सकिन्न
काठमाडौं, चैत २ : प्रधानमन्त्री केपी ओलीले आफू पक्षीय नेता तथा केन्द्रीय सदस्यहरूको शुक्रबार (फागुन २८) बसेको बैठकले गरेको निर्णय उल्टाउन नसकिने बताएका...
काठमाडौं, चैत २ : प्रधानमन्त्री केपी ओलीले आफू पक्षीय नेता तथा केन्द्रीय सदस्यहरूको शुक्रबार (फागुन २८) बसेको बैठकले गरेको निर्णय उल्टाउन नसकिने बताएका छन्।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजना गरेकाे एमाले दुइ समूहकाे भेला कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले २८ गतेको निर्णय विधानविपरीत रहेको भन्दै फिर्ता लिन आग्रह गरेका थिए।
ओलीले साे निर्णय विधानसम्मत रहेको दाबीसहित फिर्ता हुन नसक्ने अडान राख्दै
त्यसलाई मानेर पार्टी गतिविधि अघि बढाउन माधवकुमार नेपाल समूहलाई आग्रह गरेका थिए।
तर नेपाल समूहले उक्त निर्णयलाई खारेज गर्नुपर्ने माग राखेपछि वार्ता निष्कर्षविहीन बनेको थियो।
प्रकाशित मिति: १७:१४ बजे, सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1790853075.png)

