Kathmandu Press

नेदरल्यान्ड्समा आमनिर्वाचन सुरुऽ तीन दिन मतदान हुने

दी हेग, चैत  २  : युरोपेली मुलुक नेदरल्यान्ड्समा आज (सोमबार)देखि आम निर्वाचत सुरु भएको छ।  कोभिड–१९ को प्रसार रोक्ने उद्देश्यले रातिको कर्फ्यु र...
नेदरल्यान्ड्समा आमनिर्वाचन सुरुऽ तीन दिन मतदान हुने

दी हेग, चैत  २  : युरोपेली मुलुक नेदरल्यान्ड्समा आज (सोमबार)देखि आम निर्वाचत सुरु भएको छ।  कोभिड–१९ को प्रसार रोक्ने उद्देश्यले रातिको कर्फ्यु र लकडाउन गरिरहेको नदरल्यान्ड्समा सोमबार बिहान ७.३० बजेदेखि मतदान स्थल खुला थियो।

कोभिडको जोखिममा रहेका व्यक्तिका लागि सोमबार र मंगललबार मतदानको व्यवस्था मिलाइएको छ भने बुधबार सबैलाई मतदान गर्ने अवसर दिइएको छ। दी हेगस्थित मडुरोडाम पार्कमा मतदानका लागि केही मानिस देखिएको बताइएको छ । कोरोनाका कारण एक वर्षपछि मुरोडाम पार्कमा मानिसहरु देखिएका हुन्।

Hardik ivf

कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो । सन् २०१० देखि सत्तामा रहेका प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ। यदी उनी विजयी भए युरोपेली मुलुकमध्ये सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड बनाउने छन्।

मतदानअघि आइतबार प्रधानमन्त्री रुट विरोधी प्रदर्शन नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गर्नु परेको थियो । दोस्रो विश्वयुद्ध पश्चात् पहिलो पटक दी हेगमा कर्फ्यु लगाइएको भन्दै प्रधानमन्त्री रुटका विरुद्धमा प्रदर्शनहरु गरिएका छन् ।

पछिल्ला चुनावी मतसर्वेक्षणमा रुटको पार्टी भिभिडीले करिब २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ । रुटको निकटतम प्रतिद्वन्द्वी पार्टी पिभीभीले करिब १३ प्रतिशत मत प्राप्त गर्ने मतसर्वेक्षणले देखाएका छन् । नेदरल्यान्ड्सका अधिकारीहरुले कोभिडको जोखिममा रहेका बढी उमेर समूह समेतका व्यक्तिलाई अन्तिम दिनको साटो पहिल्यै मतदान गर्न आह्वान गरेको छ ।

गत साता प्रधानमन्त्री रुटले राति ९ बजेदेखि बिहान ४.३० बजेसम्म लगाइएको कर्फ्यु मतदानलाई विचार गरी केही सहज बनाइने जानकारी दिए ।

 

 

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्