अर्थ मन्त्रालयको अनुरोध : आगामी आर्थिक वर्षका लागि नयाँ कार्यक्रम नबनाउनू
काठमाडौं, चैत २ : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि नयाँ आयोजना प्रस्ताव नगर्न मन्त्रालयहरूलाई आग्रह गरेको छ। मन्त्रालयले आगामी बजेट तर्जुमा...
काठमाडौं, चैत २ : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ आयोजना प्रस्ताव नगर्न मन्त्रालयहरूलाई आग्रह गरेको छ। मन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयसँग छलफल गरेको थियो।
अर्थ मन्त्रालयले अनिवार्य दायित्व र स्रोत सहमति दिइएका विषयहरूमा सिलिङ समावेश गरेपछि मात्र अन्य आयोजना र कार्यक्रममा बजेट प्रस्ताव गर्न अनुरोध गरेको छ।
यसैगरी मध्यकालीन खर्च संरचना तयार गरेर र उपलब्धि सूचक स्पष्ट उल्लेख गरेर मात्र बजेट प्रस्तुत गर्न पनि अर्थको अनुरोध छ।
मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरू, राष्ट्रिय योजना आयोगका सदस्यको उपस्थितिमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक पुनरोत्थान र रोजगारी सिर्जना, सामाजिक विकासमा निरन्तर लगानी, ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता, क्षेत्रगत र प्रादेशिक सन्तुलन, कृषि क्षेत्रको विकास र दिगो विकास लक्ष्यलाई बजेट निर्माणको मुख्य आधारका पमा प्रस्तुत गरेकाे छ।









-1790853075.png)

