Kathmandu Press

काबुलमा बम विस्फोट, तीनको मृत्युृ, कैयौं घाइते

काठमाडौं, चैत २ : अफगानिस्तानको राजधानी काबुलका दुई फरक स्थानमा भएको बम विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। दुवै स्थानमा तालिबानहरुले विस्फोट...
काबुलमा बम विस्फोट, तीनको मृत्युृ, कैयौं घाइते

काठमाडौं, चैत २ : अफगानिस्तानको राजधानी काबुलका दुई फरक स्थानमा भएको बम विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। दुवै स्थानमा तालिबानहरुले विस्फोट गराएको प्रहरीले जनाएको छ।

ती दुई विस्फोटमा तीन जना सर्वसाधारणको मृत्यु भएको काबुल प्रहरीका प्रवक्ता फेडरस फरामर्जाले पुष्टि गरेका छ्न । उनले सो विस्फोटमा थुप्रै सर्वसाधारण घाइते भएको बताए ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। फरामर्जले घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न पनि सक्नेछ।
 
यस घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तर प्रहरीले भने यो आक्रमण तालिबानीहरुले नै गरेका बताएको छ ।

प्रकाशित मिति: १६:५० बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्