ओलीसँगको वार्तापछि नेपाल समूहका नेताबीच भेटघाट हुँदै
काठमाडौं, चैत २ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलबारे आफ्नो समूहका नेतालाई जानकारी गराउने भएका छन्।त्यसका लागि...
काठमाडौं, चैत २ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलबारे आफ्नो समूहका नेतालाई जानकारी गराउने भएका छन्।
त्यसका लागि उनले नयाँ बानेश्वरस्थित अर्याल होटलमा अपराह्नको समयमा उपस्थित हुन आफू पक्षीय नेताहरूलाई डाकेको एक नेताले बताए।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली र नेता नेपालबीच धुम्बाराहीमा दिउँसो वार्ता भएको थियो । तर ओलीले शुक्रबार एकपक्षीय ढंगले आफूहरूको जिम्मेवारी खोसेको विषयमा नेता नेपालले कुरा उठाएकाे र त्यसैमा कुरा अड्किएपछि वार्ता निष्कर्षविहीन भएको थियो।
चर्को अन्तरसंघर्षमा रहेका ओल-नेपालबीच तीतोटर्रो तरिकाले नै छलफल भएको बताइएको छ। २८ गतेको निर्णय फिर्ता भए चैत ४ र ५ को भेला स्थगित गर्ने नेता नेपालको प्रस्तावमा ओलीले कुनै प्रतिक्रिया नदिएको एक नेताले बताए।
त्यही विषयमा जानकारी दिन र आगामी रणनीति बनाउन नेपालले भेला डाकेका हुन्।









-1790853075.png)

