माओवादी केन्द्रको बैठक केही दिनपछि बस्ने
काठमाडौं, चैत २ : नेकपा माओवादी केन्द्रको शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठक दोस्रो दिन (सोमबार) बसेर केही समयका लागि स्थगित गरिएको छ।पेरिसडाँडास्थित...
काठमाडौं, चैत २ : नेकपा माओवादी केन्द्रको शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठक दोस्रो दिन (सोमबार) बसेर केही दिनका लागि स्थगित गरिएको छ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकमा २० जना नेताहरूले बोलेको जनाइएको छ। शनिबारको बैठक पनि केही नेताले रिपोर्टिङ गरेर सकिएको थियो। बैठकले कुनै ठाेस निर्णय गरिनसकेकाे बुझिएकाे छ।
यतिखेरको राजनीतिमा जटिल खालका परिस्थितिहरू सिर्जना भएकाले त्यसको सामना गर्नुपर्ने, सत्ता समीकरणबारे अन्य दलसँग छलफलमा जुट्नुपर्ने र नेकपाको विवादबारे सर्वोच्चले गरेको फैसलाको पनि पुनरावलोकनमा जानुपर्ने देखिएकाले केही दिनका लागि बैठक रोकिएको सोही पार्टीसम्बद्ध एक नेताले बताए।
प्रकाशित मिति: १५:३८ बजे, सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1790853075.png)

