आज पनि छुटेनन् ४० वर्षदेखि भारतको जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना

काठमाडौं, चैत २ : चार दशकदेखि भारतमा जेलजीवन भोगिरहेका इलामका दुर्गाप्रसाद तिम्सिनाको मुद्दा सुनुवाइको फैसला आज (सोमबार) पनि हुन सकेन।
उनीमाथि लागेको मुद्दा सुनुवाइकाे फैसला आज हुने भनिएको थियो । भारतको काेलकातास्थित जेलमा कैदी जीवन बिताइरहेका उनी आज जेलमुक्त हुनेअपेक्षा पूरा नहुँदा परिवारमा निराशा छाएकाे छ।
अदालती सुनुवाइपछि मुख्य न्यायाधीश राधाकृष्णनले जेलमा रहेका दुर्गाप्रसादलगायत मानसिक समस्या भएका कैदीहरूका लागि केही दिनभित्रै महत्वपूर्ण फैसला गर्ने जानकारी दिएको बताइएको छ।
दुर्गाप्रसादको मानसिक अवस्था ठिक नभएको र उनमा ९/१० वर्षको बच्चाको जस्तो सोच भएको रिपोर्ट डाक्टरले दिएको बताइएको छ।
दुर्गाप्रसादका भाइ प्रकाशचन्द्र तिम्सिनाले भने दाइलाई कुनै मानसिक समस्या नभएको बताएका छन् । भेटमा सबै कुरा सही तरिकाले भनेको बताए। उनले दाइलाई जेलमै पुगेर भेटघाट गरेका थिए।
मानसिक अवस्था ठिक नभएका यस्ता कैदीहरुलाई न्यायाधीशले २/३ दिनमै आवश्यक फैसला सुनाउने जनाइएको छ।









-1790853075.png)

