ट्राफिक नियम उल्लंघन गर्ने ८५० सवारीसाधनमाथि कारबाही

लहान, चैत २ : विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोलबजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ।
गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारीसाधनलाई कारबाही गर्दा ५ लाख १० हजार राजश्व संकलन गरिएको छ। ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक सुरेशप्रसाद यादवले जानकारी दिए।
ओभरलोड भएका, प्रयोजनविपरीत प्रयोग गरिएका सवारी साधन, दुईजनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई चलाएका मोटरसाइकललगायत सवारी साधनलाई कारवाही गरिएको उनले बताए।
प्रकाशित मिति: १३:५९ बजे, सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












