Kathmandu Press

जसपाबाट सत्ता समीकरणबारे डिल गर्न पाँच नेतालाई जिम्मेवारी  

काठमाडौं, चैत २ : जनता समाजवादी दल (जसपा) ले सत्ता समीकरणका लागि डिल गर्न पाँच नेतालाई जिम्मा दिएको छ।सर्वोच्चको पछिल्लो फैसलासँगै नेकपा एमाले...
जसपाबाट सत्ता समीकरणबारे डिल गर्न पाँच नेतालाई जिम्मेवारी  
फाइल तस्बिर

काठमाडौं, चैत २ : जनता समाजवादी दल (जसपा) ले सत्ता समीकरणका लागि डिल गर्न पाँच नेतालाई जिम्मा दिएको छ।

सर्वोच्चको पछिल्लो फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएपछि राजनीतिले झनै जटिल मोड लिएको छ। संसदमा भएका दलहरू अहिले भेटघाट र छलफलमा व्यस्त भएका छन्।

नयाँ सत्ता समीकरणका सन्दर्भमा जसपा नेपाली राजनीतिको केन्द्रमा रहेकाले तानतानको स्थितिमा छ। राजपाको पनि आन्तरिक तथा अन्य दलसँग छलफल, बैठक र भेटघाट बाक्लिएको बेला जसपाको तर्फबाट निर्णय गर्ने जिम्मेवारी पाँच नेतालाई दिएको जसपाका नेता लक्ष्मण कर्णले बताए।

उक्त जिम्मेवारी पाउने पाँच नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र महत र अशोक राई रहेको उनले बताए।

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्