Kathmandu Press

खनाल किन सहभागी भएनन् धुम्बाराही छलफलमा ?

काठमाडौं, चैत २ : प्रधानमन्त्री केपी ओलीसँगकाे भेटवार्ताका लागि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफूपक्षीय नेताहरूसहित पार्टी कार्यालय धुम्बाराही पुगे पनि अर्का...
खनाल किन सहभागी भएनन् धुम्बाराही छलफलमा ?

काठमाडौं, चैत २ : प्रधानमन्त्री केपी ओलीसँगकाे भेटवार्ताका लागि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफूपक्षीय नेताहरूसहित पार्टी कार्यालय धुम्बाराही पुगे पनि अर्का वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी भएनन्।

नेकपा एमाले अध्यक्षसोत रहेका ओलीले निम्ता नगरेका कारण नेता खनाल सहभागी नभएको स्रोतले जनाएको छ। 

छलफलमा ओली समूहबाट उनीसहित महासचिव ईश्वर पोखरेल, नेता विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागिता रहेको जनाइएको छ। त्यस्तै नेता नेपाल समूहबाट भीम रावल, घनश्याम भुसालल, रघुजी पन्तलगायत सहभागी रहेका छन्।

नेता नेपालले ओलीले भेट्नुअघि खनालसँग परामर्श गरेको बुझिएको छ। 
 

प्रकाशित मिति: १२:२३ बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्