धुम्बाराही वार्तामा ओली समूहका पाँच र नेपाल समूहका ६ नेता सहभागी
वार्तामा नेपाल समूहबाट उनीसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे तथा नेताहरू रघुजी पन्त र गोकर्ण बिष्ट सहभागी छन्।
काठमाडौं, चैत २ : एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेका समूहबीच भरखरै पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको छ।
नेपाल समूहबाट उनीसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे तथा नेताहरू रघुजी पन्त र गोकर्ण बिष्ट सहभागी छन्।

यस्तै, ओली समूहबाट उनीसहित महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपमहासचिव बिष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी छन्।

तस्बिरहरू : सूर्य थापाको ट्विटरबाट
प्रकाशित मिति: ११:५३ बजे, सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790853075.png)
