Kathmandu Press

सभामुखको आह्वानमा आज कार्यव्यवस्था समिति बैठक बस्दै

काठमाडौं, चैत २ : प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकको बैठक डाकेका छन्।आज (सोमबार) दिउँसो २ बजेका लागि डाकिएको बैठकमा चैत ३ गते...
सभामुखको आह्वानमा आज कार्यव्यवस्था समिति बैठक बस्दै

काठमाडौं, चैत २ : प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकको बैठक डाकेका छन्।

आज (सोमबार) दिउँसो २ बजेका लागि डाकिएको बैठकमा चैत ३ गते मंगलबार (भोलि) बस्ने प्रतिनिधिसभाको बैठकका लागि कार्यसूची तय गरिने बताइएको छ।

फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापना भएपछि फागुन २३ र २६ गते दुईपटक बैठक बस्दा पनि परामर्श समितिको बैठक बस्न सकेको थिएन।

आजको बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका प्रतिनिधिलाई बोलाएको जनाइएको छ ।

प्रकाशित मिति: ११:४१ बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्