Kathmandu Press

कांग्रेसको लक्ष्य आमनिर्वाचन नै हो : डा महत

धनगढी, चैत २ : नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आमनिर्वाचन नै भएको बताएका छन् । नेपाल प्रेस युनियनले धनगढीमा गरेको पत्रकार...
कांग्रेसको लक्ष्य आमनिर्वाचन नै हो : डा महत

धनगढी, चैत २ : नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आमनिर्वाचन नै भएको बताएका छन् । नेपाल प्रेस युनियनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए ।

त्यो लक्ष्यबाट कांग्रेसले दायाँबायाँ नगर्ने बताउँदै नेता महतले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अंकगणितले निर्धारण गर्ने बताए।

‘त्यो अंकगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ,’ नेता महतले भने, ‘कांग्रेस अरु कसैको नेतृत्वमा तथा अरुलाई समर्थन गरेर सरकारमा जाँदैन ।’

 

प्रकाशित मिति: ११:३० बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्