बामदेवले बोलाए आफ्नो समूहको बैठक
काठमाडाैं, चैत २ : एमाले उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन्। गत शुक्रबार मात्र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गौतम...
काठमाडाैं, चैत २ : एमाले उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन्। गत शुक्रबार मात्र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गौतम र माधवकुमार नेपाल निकट सबै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले आफू निकटका नेताहरुसँग छलफल गर्ने भएका हुन् ।
ओलीको पदाधिकारी खारेज गर्ने कदमको विरोध गर्दै उपाध्यक्ष गौतमले सो कदम सच्याउनु पर्ने बताएका छन् । सर्वोच्चले नेकपा एकता प्रक्रिया खारेज गरेपछि पुनः अस्तित्वमा आएका एमालेमा विवाद चरमोत्कर्षमा छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बामदोवले आफूनिकट नेताहरुको बैठक बोलाएका हुन्।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीको एकलौटी निर्णयको विरोधमा माधव नेपाल–झनाथ खनाल समूहले समानान्तर कमिटी गठन गरेको छ। खनाल–नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।
प्रकाशित मिति: ११:०२ बजे, सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790853075.png)
