Kathmandu Press

बालुवाटारमा केन्द्रीय सदस्यलाई ओलीको चियापान, निम्तो आएपनि नेपाल– खनाल नजाने 

काठमाडौं, चैत्र २ : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार चियापान कार्यक्रमको आयोजना गरेका छन् ।कार्यक्रममा पार्टी केन्द्रीय...
बालुवाटारमा केन्द्रीय सदस्यलाई ओलीको चियापान, निम्तो आएपनि नेपाल– खनाल नजाने 

काठमाडौं, चैत्र २ : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्यहरुलाई निम्तो दिईएको छ । ओली केन्द्रीय कमिटीको बाह्रौं बैठकको सन्दर्भमा चियापान आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । केन्द्रीय कमिटी सदस्यहरुलाई बिहान ११ बजे बालुवाटारमा उपस्थित हुन एसएसएस पठाईएको छ ।

कार्यक्रमको निम्तो वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार खेमालाई पनि ओलीले निम्तो पठाएको बताइएको छ । ओलीले चैत ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । तर, खनाल–नेपाल पक्षका नेताहरुले भने बैठकमा सहभागी नहुने बताएका छन् ।

सर्वोच्चको फैसलाले एमालेलाई साविकको अवस्थामा फर्काए पनि ओलीले एकलौटी निर्णय गरेपछि एमालेमा विवाद चर्किएको छ । खनाल–नेपाल समूहले पनि समानान्तर कमिटी समेत गठन गरिसकेको छ । 

प्रकाशित मिति: ०८:४१ बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्