वेष्टह्यामको उपहार गोलले म्यानचेस्टर युनाइटेड बिजयी, लेस्टरले शेफिल्डलाई ५-० ले हरायो
काठमाडौं, चैत्र २ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर युनाइटेडले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी घटाएको छ ।गएराति सम्पन्न खेलमा वेष्टह्यामका...
काठमाडौं, चैत्र २ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर युनाइटेडले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी घटाएको छ ।
गएराति सम्पन्न खेलमा वेष्टह्यामका क्रेग डोसनले आत्मघाती गोल गरेसँगै म्यानचेस्टर युनाइटेड एक शून्य गोल अन्तरले विजयी भएको हो । जितसँगै म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अङ्क भएको छ भने म्यानचेस्टर सिटीको ३० खेलबाट ७१ अङ्क छ ।
यस्तै, लेस्टरले शेफिल्ड युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गर्यो । लेस्टरका लागि केलिची इहिनाचोले ह्याट्रिक गरे । जितसँगै लेस्टरको २९ खेलबाट ५६ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलमा ५७ अङ्क छ ।
यस्तै, गएराति नै भएका अरु खेलमा आर्सनलले टोटनह्याम र साउथह्याम्टनले ब्राइटनलाई समान २–१ गोल अन्तरले पराजित गरेका छन् ।
प्रकाशित मिति: ०७:४२ बजे, सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











