कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा नख्खुदोबाटोमा एक जनाको मृत्यु
काठमाडौं, चैत्र २ : ललितपुरको नख्खुदोबाटोमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।गएराति साढे ९ बजे ना २ ख ७५८३ नम्बरको...
काठमाडौं, चैत्र २ : ललितपुरको नख्खुदोबाटोमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
गएराति साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३ –०२० १८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भएर ललितपुरको बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको ज्यान गएको हो ।
मोटरसाइकलको पछाडि बसेका ललितपुर शोभाहिटीका ३२ वर्षका रवि श्रेष्ठ घाइते भएका छन् ।
प्रकाशित मिति: ०६:४७ बजे, सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790853075.png)
