Kathmandu Press

सत्ता समिकरणबारे प्रचण्ड र नेपालबीच छलफल

काठमाडौं, चैत १ : नेकपा (एमाले)मा विवाद चर्किरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार साँझ एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल...
सत्ता समिकरणबारे प्रचण्ड र नेपालबीच छलफल

काठमाडौं, चैत १ : नेकपा (एमाले)मा विवाद चर्किरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार साँझ एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन्।

कोटेश्वरमा भएको छलफलमा सत्ता समिकरणबारे छलफल भएको एक नेताले बताए। ति नेताका अनुसार उनीहरुले अबको सरकार गठनका विषयमा छलफल गरेका हुन्।

सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र अलग भएपछि प्रचण्ड, नेपाल र खनालबीच पहिलो पटक सत्ता समिकरणबारे छलफल भएको हो।

छलफलमा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

सर्वोच्चले २३ फागुनमा नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदर गरेको थियो। जसले गर्दा एमाले र माओवादी अलग भएका थिए।

त्यसयता दुवै पार्टी आआफ्नो गृहकार्यमा जुटेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यको बैठक गरेर नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका छन्। त्यसको नेपाल पक्षले विरोध गर्दै आएको छ।

 

प्रकाशित मिति: १९:०९ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्