Kathmandu Press

हिमपातले अमेरिकामा दुई हजार उडान रद्द

काठमाडौं, चैत १ : अत्यधिक हिमपातका कारण अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन्।लगातारको हिमपातका कारण शनिबार र आईतबार डेन्भरका...
हिमपातले अमेरिकामा दुई हजार उडान रद्द

काठमाडौं, चैत १ : अत्यधिक हिमपातका कारण अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन्।

लगातारको हिमपातका कारण शनिबार र आईतबार डेन्भरका दुई हजारभन्दा बढी उडान रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी अधिकारीहरुका अनुसार शनिबार ७५० र आइतबार एक हजार तीन सय उडान रद्द भएका हुन्।

राष्ट्रिय मौसम सेवाले डेन्भरमा १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने प्रक्षेपण गरेको छ। हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न सरकारी निकायहरुले सबैलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति: १८:३५ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्