Kathmandu Press

सिराहा बम विस्फोटका घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं, चैत १ : सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा गम्भीर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।  विस्फोटमा धनगढीमाई नगरपालिका–४...
सिराहा बम विस्फोटका घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं, चैत १ : सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा गम्भीर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।  

विस्फोटमा धनगढीमाई नगरपालिका–४ का ३८ वर्षीय दिनेश भण्डारी गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो। उनको तिघ्रामा चोट लागेको छ।

उनलाई सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको छ। सेनाको हेलिकप्टर टुँडिखेलमा ल्यान्ड गरिएको थियो। त्यहिबाट घाइतेलाई वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लव पौडेलले बताए।

आज मध्याह्न लहान नगरपालिका–८ स्थित भाडामा रहेको मालपोत कार्यालयको माथिल्लो तल्लामा कुकर बम विस्फोट भएको थियो। विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना घाइने भएका छन्।

त्यस्तै, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ।

त्यसतै, अन्य दुई जना गम्भीर घाइते बेचनी र बन्द्रीनारायणको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।

अन्य भने सामान्य घाइते रहेका छन्। उनीहरुको लहान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १७:५५ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्