Kathmandu Press

युरोपमा फेरि बढ्यो कोरोना संक्रमण, लकडाउनको तयारी

काठमाडौं, चैत्र १ : युरोपमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाे छ। कोरोनाविरुद्धको खोप वितरणमा ढिलासुस्ती गर्ने युरोपियन देशहरूमा कोरोना भाइरसकाे स‌ंक्रमण तीव्ररुपमा...
युरोपमा फेरि बढ्यो कोरोना संक्रमण, लकडाउनको तयारी

काठमाडौं, चैत्र १ : युरोपमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाे छ। कोरोनाविरुद्धको खोप वितरणमा ढिलासुस्ती गर्ने युरोपियन देशहरूमा कोरोना भाइरसकाे स‌ंक्रमण तीव्ररुपमा बढिरहेको छ।

कोरोना संक्रमण तीव्ररुपमा बढेपछि युरोपका धेरै देशहरूले पुनः लकडाउन गर्ने तयारी गरेका छन्। गत फेब्रअरी सुरुबाट तीव्र रुपमा फैलिएको कोभिड–१९को नयाँ प्रकारकाे भाइरसका कारण युरोपमा पुनः लकडाउन गर्नुपर्ने अवस्था आएको हो।

गत शुक्रबारसम्ममा इटालीमा कोभिड–१९को नयाँ प्रकारकाे भाइरसका कारण तीन सय ८० जनाको मृत्यु भइसकेको छ भने २७ हजार मानिस संक्रमित छन्। कोरोना संक्रमण पुनः बढेपछि इटालीले सोमबारदेखि धेरैजसो ठाउँमा लकडाउन गर्ने तयारी गरेको छ।

स्वास्थ्य आपतकाल सुरु भएको एक वर्ष बढी भइसके पनि इटालीले फेरि कोरोना संक्रमणको नयाँ लहरको सामना गरिरहेको प्रधानमन्त्री मारिओ ड्रागीले बताएका छन् । उनले भनेका छन्, ‘पछिल्लो समय जे भयो त्यसको सम्झना अझै छ र हामी यसलाई फेरि फैलनबाट रोक्न सक्दो प्रयास गर्नेछौँ ।’

यस्तै फेब्रुअरीयता जर्मनीमा १२ हजार छ सय ७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

 

प्रकाशित मिति: १७:५२ बजे, आइतबार, चैत १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्