Kathmandu Press

गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियाे बम विस्फोटको जिम्मा

लहान, चैत १ : सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएकोे बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ।...
गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियाे बम विस्फोटको जिम्मा

लहान, चैत १ : सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएकोे बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ। विस्फोट भएको केही घन्टापछि नै उक्त मोर्चाका अध्यक्ष गोइतले विज्ञप्ति जारी गरेर घटनाको जिम्मा लिएको हो।

विज्ञप्तिमा तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत कारबाहीस्वरूप विस्फोट गराएको बताइएको छ। भ्रष्टाचार जारी रहे अझ उच्चस्तरको कारबाही गर्ने चेतावनी पनि उक्त विज्ञप्तिमा दिइएको छ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको मालपोत कार्यालयको पहिलो तलामा दिउँसो पौने १ बजे बम विस्फोट भएको थियो । बमको छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र  लेखापढी व्यवसायी ७८ वर्षीय भोला पाचे मगर घाइते भएका हुन्।

प्रहरीका अनुसार गम्भीर घाइते धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको छ । 

घाइते अन्यमा सेवाग्राही सिरहाको लहान नगरपालिका(१६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका(३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका(४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार(६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। 

यस्ताे छ विज्ञप्ति :

प्रकाशित मिति: १७:३६ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्