प्रचण्ड–नेपालबीच कोटेश्वरमा भेटवार्ता
काठमाडौं, चैत १ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को कैन्द्रीय समितिको बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार...
काठमाडौं, चैत १ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्।
नेपाल निवास कोटेश्वरमै पुगेका प्रचण्डसँग माओवादी केन्द्रका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पनि गएका छन्।
मुलुकको राजनीति जटिल मार्गमा अघि बढिरहेका बेला प्रचण्ड र नेपालबीच हुने भेटलाई विशेष चासोका साथ हेरिएको छ।
अहिलेको सरकारका लागि कायमै रहेको समर्थन फिर्ता लिने विषयमा माओवादी केन्द्रले कुनै निर्णय गर्न सकेको छैन। माओवादी पृष्ठभूमि भएका २३ जना नेताहरूलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरूको बैठकमा केन्द्रीय सदस्य बनाइसकेका छन्।
उनीहरूले सांसद पद खारेज भए पनि ओलीको साथ नछाड्ने बताइसकेका छन्। ओलीले नेपाल पक्षका पदाधिकारीहरूको जिम्मेवारी पनि खोसेको छ। ओलीको सो कदमका कारण आक्रोशित बनेको नेपाल समूहले समानान्तर कमिटी निर्माणको अभ्यास समेत सुरु गरिसकेको छ।
यस्तो परिस्थितिमा अब कसरी अगाडि बढ्न सकिन्छ भनेर प्रचण्ड र नेपालबीच छलफल हुने बताइएको छ।










-1790853075.png)
