Kathmandu Press

अस्ट्रेलिया–सिंगापुर हवाई यात्रा खेल्ने तयारी

सिड्नी, चैत १ : अस्ट्रेलियाले कोरोना भाइरसको महामारीका कारण बन्द रहेको सिंगापुरसँगको हवाई यात्रा खेल्ने तयारी गरेको छ। अस्ट्रेलियाली अधिकारीहरूले पर्यटन र यात्रामा...
अस्ट्रेलिया–सिंगापुर हवाई यात्रा खेल्ने तयारी

सिड्नी, चैत १ : अस्ट्रेलियाले कोरोना भाइरसको महामारीका कारण बन्द रहेको सिंगापुरसँगको हवाई यात्रा खेल्ने तयारी गरेको छ। अस्ट्रेलियाली अधिकारीहरूले पर्यटन र यात्रामा सहजिकरणका लागि सिंगापुरसँग हवाई उडान खुला गर्नेबारेमा छलफल भइरहेको बताएका छन्।

आगामी जुलाईसम्ममा सिंगापुरसँग हवाई यात्रा खोल्ने तयारी अस्ट्रेलियाले गरेको छ। अस्ट्रेलियाका उपप्रधानमन्त्री माइकल म्याककोरम्याकले आगामी जुलाईदेखि दुई देशबीच हवाई उडान खोल्ने बारेमा छलफल बताएका छन् । कोरोनाविरुद्धको खोप लगाउन सुरु भइसकेकाले अस्ट्रेलियाले अन्य मुलुकसँगको यात्रा पनि खुला गर्दै जाने योजना बनाएको उनले बताए।

अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले विशेष परिस्थितिमा बाहेक कुनै पनि गैर–अस्ट्रेलियाली व्यक्तिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाएको छ।

यसैगरी अस्ट्रेलिया र सिंगापुरबीचको हवाई यात्रा खुलेसँगै खोप लगाएका दुवै देशका नागरिकले दुवै देश भ्रणण गर्दा क्वारेन्टिनमा बस्नु नपर्ने व्यवस्था गर्ना लागिएको छ। तर, तेस्रो मुलुकका यात्रुले भने सिंगापुर हुँदै अस्ट्रेलिया आउन चाहेमा उनीहरुले सिंगापुरमै २ साता क्वारेन्टिनमा भने बस्नुपर्ने छ।

यसैबीच अस्ट्रेलियाले न्युजिल्यान्डसँग एकतर्फी हवाई उडान सुरु गरेको छ।

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, चैत १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्