माओवादी केन्द्रको बैठक भाेलि ११ बजे फेरि बस्ने
काठमाडौं, चैत १ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज (आइतबार) बसेको बैठक सकिएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक सोमबार बिहान ११ बजे...
काठमाडौं, चैत १ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज (आइतबार) बसेको बैठक सकिएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक सोमबार बिहान ११ बजे बस्ने गरी सकिएको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको केन्द्रीय सदस्य रेणु चन्दले बताइन्। झन्डै चार घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेको उनले जानकारी दिइन्।
प्रदेशको अवस्थाबारे रिपोर्टिङमा प्रदेश १ बाट सावित्री भुसाल, २ बाट विश्वनाथ साह, वाग्मतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले सहभागी थिए।
बैठकमा पार्टीको नाम फेर्ने एजेन्डामा, सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा पनि छलफल हुन बाँकी रहेको बताइएको छ।
एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको र केही भने फर्कने सम्भावना रहेको बताइएको छ। बृहत् ध्रुवीकरण गरेर सबै माओवादीलाई समेटेर जानुपर्ने जनाएको छ।
सर्वोच्च अदालतको गरेको फैसलाका विषयमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गम्भीर समस्या नभएको बताएका थिए।










-1790853075.png)
