वालिङमा विपद् पोर्टल
स्याङ्जा, चैत १ : स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनका लागि ‘विपद् पोर्टल’ सञ्चालनमा गरेको छ। विपद्सम्बन्धी सूचना तथा तथ्यांक संकलन गर्ने, प्रविष्टि गर्ने...स्याङ्जा, चैत १ : स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनका लागि ‘विपद् पोर्टल’ सञ्चालनमा गरेको छ। विपद्सम्बन्धी सूचना तथा तथ्यांक संकलन गर्ने, प्रविष्टि गर्ने र विपद् व्यवस्थापनसम्बन्धी तथ्यांकलाई एकरूपता प्रदान गर्ने उद्देश्यले वालिङ नगरपालिकाले ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको हो।
युथ इनोभेसन ल्याब प्रालि काठमाडौंको प्राविधिक सहयोगमा निर्माण गरिएको पोर्टलको प्रयोगले जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले जनाएको छ। सम्भावित जोखिमयुक्त स्थानमा रहेका वालिङका नागरिकको विपद्कै कारण जनधनको क्षति हुन नपाओस् भन्नका लागि एकै ठाउँबाट विपद् पूर्वको अवस्थाका बारेमा जानकारी दिइने नगरपालिकाको योजना छ।
यो पोर्टललाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सेन्सर जडान गरी ‘अर्ली वार्निङ सिस्टम’ मार्फत नागरिकलाई थप सुसूचित गराई जनधनको क्षति हुनबाट जोगाउने तयारी पनि नगरपालिकाको छ ।
‘विपद् पोर्टल’ मा विपद्सम्बन्धी विभिन्न विधाका सूचना तथा तथ्यांक एकीकृत गरी व्यवस्थापन गरिन्छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यका लागि सूचना तथा तथ्यांकको आवश्यकतानुसार प्रयोग गर्न सकिने छ ।