Kathmandu Press

सिरहा बम विस्फोटमा गोइत समूहको संलग्नता हुन सक्ने आशंका

काठमाडौं, चैत १ : सिरहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा आज (आइतबार) दिउँसो भएको प्रेसर कुकर बम विस्फोटमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको संलग्नता...
सिरहा बम विस्फोटमा गोइत समूहको संलग्नता हुन सक्ने आशंका

काठमाडौं, चैत १ : सिरहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा आज (आइतबार) दिउँसो भएको प्रेसर कुकर बम विस्फोटमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको संलग्नता हुन सक्ने आशंका गरिएको छ।

विस्फोटस्थलमा सो समूहको पर्चा भेटिएपछि प्रहरीले त्यस्तो आशंका गरेको हो। विस्फोटमा परी सात जना घाइते भएका छन्। तीमध्ये ३१ वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १४:४१ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्