Kathmandu Press

झुटा कुरा गरेर मेलमिलाप हुँदैन : नेता जोशी

तनहुँ, चैत १ : नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताएका छन्।तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा बिपी विचार समाजको...
झुटा कुरा गरेर मेलमिलाप हुँदैन : नेता जोशी

तनहुँ, चैत १ : नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताएका छन्।

तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा बिपी विचार समाजको भवन उद्घाटन गर्दै नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने  बताए ।

जोशीले जुनसुकै चुनावमा पनि टिकट दिँदा कार्यकर्ताको राजय बुझेरमा टिकट दिनु पर्ने बताए । ‘नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको टिकट दिँदा पनि कार्यकर्ताको राय बुझ्नु पर्छ,’ उनले भने।

उनले नेताहरुले मनपरी गर्ने हो भने त्यो अहिलेका चेतनशील कार्यकार्यता नमान्ने बताए । नेता जोशीले अबको चुनावमा आफूले लड्ने तयारी गरेकाले सहयोग गर्न कार्यकर्तालाई आग्रह पनि गरे।

प्रकाशित मिति: १४:०४ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्