माओवादी केन्द्र बैठकमा पार्टीकाे नाम फेर्नेदेखि पार्टीमा नफर्किनेलाई कारबाहीसम्मका एजेन्डा
काठमाडौं, चैत १ : नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ। अहिले मुलुकको राजनीति जटिल मार्गबाट अघि बढिरहेका बेला वर्तमान सरकारको समर्थनमा...
काठमाडौं, चैत १ : नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ। अहिले मुलुकको राजनीति जटिल मार्गबाट अघि बढिरहेका बेला वर्तमान सरकारको समर्थनमा समेत रहेको यो पार्टीले कस्तो रणनीति बनाउँछ भन्ने चौतर्फी चासोको विषय बनेको छ।
यसैबीच जारी बैठकमा पार्टीको नाम फेर्ने एजेन्डामा पनि छलफल भइरहेको स्रोतले बताएको छ। सरकारलाई दिएकाे समर्थन फिर्ता लिने कि कायम राख्ने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ। पार्टीमा नफर्किनेलाई कारबाही गर्ने एजेन्डा पनि तय गरिएकाे बताइएकाे छ।
अन्य एजेन्डामा कम्युनिस्ट पार्टीहरुबीच एकता अभियान चलाउने, राष्ट्रिय कार्यकर्ता भेला बोलाउने, भेलाका लागि विधि तय गर्ने, सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, समसामयिक राजनीतिक अवस्थामा पार्टीको भूमिका स्पष्ट पार्ने र आगामी रणनीति बनाउने, रिपोर्टहरुमाथि छलफल र सुझाव लिनेलगायत रहेको बुझिएको छ।










-1790853075.png)
