Kathmandu Press

काजकिस्तानमा विमान दुर्घटना, चारजनाको मृत्यु 

काठमाडौं, चैत १ : काजाकिस्तानको राज्य सुरक्षा एजेन्सीले चलाएको विमान शनिबार मध्य एसियाली देशमा दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु भएको छ।मृत्यु हुने चालक दलका चार...
काजकिस्तानमा विमान दुर्घटना, चारजनाको मृत्यु 

काठमाडौं, चैत १ : काजाकिस्तानको राज्य सुरक्षा एजेन्सीले चलाएको विमान शनिबार मध्य एसियाली देशमा दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु भएको छ।

मृत्यु हुने चालक दलका चार सदस्य रहेको जनाइएको छ। दुर्घटनामा परी चालक दलकै दुईजना घाइते भएका छन्।

भूतपूर्व सोभियत देशको आपतकालीन मन्त्रालयले घाइतेलाई अस्पतालमा भर्ना गरिएको बताएको छ।

मन्त्रालयको अनुसार सोभियत निर्मित एन २६ विमान काजकस्तिानको सबैभन्दा ठूलो सहर अल्माटीको एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानले चालक दलका ६ सदस्यसहित राजधानी नुर सुल्तानबाट उडान भरेको थियो। 

काजकिस्तानको राष्ट्रिय सुरक्षा समितिले एन २६ विमान आफ्नो स्वामित्वमा रहेको बताएको छ। समितिले दुर्घटनाको कारणबारेमा जाँच सुरू गरिएको जनाएको छ।
 

प्रकाशित मिति: १३:१२ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्