प्रदेश सभा १ को चैत २ गतेका लागि बाेलाइएकाे बैठक स्थगित
विराटनगर, चैत १ : प्रदेश सभा १ को चैत २ गतेका लागि बोलाइएको सातौं बैठक स्थगित गरिएको छ।प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार...विराटनगर, चैत १ : प्रदेश सभा १ को चैत २ गतेका लागि बोलाइएको सातौं बैठक स्थगित गरिएको छ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन्।
गत फागुन १९ गते एक सूचना प्रकाशित गरी चैत २ गते साढे १२ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको थियो।
प्रकाशित मिति: १३:०० बजे, आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790853075.png)
