Kathmandu Press

कोभिडबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्य

काठमाडौं, चैत १ : कोभिड-१९ को सङ्क्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो ६ सातायता पहिलो पटक कोभिडका...
कोभिडबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्य

काठमाडौं, चैत १ : कोभिड-१९ को सङ्क्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको सङ्ख्या शून्यमा झरेको छ।

पछिल्लो ६ सातायता पहिलो पटक कोभिडका कारण हुने मृत्यु शून्यमा आएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो।   

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्य रुपमा कमी आएको छ । यस साता स्विडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा  थप कोरोना सङ्क्रमण देखिएको छ।   

उनका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३०७  नेपालीमा कोरोना पुष्टि भएको छ । तीमध्ये ६१ हजार २३७  सङ्क्रमण मुक्त भएका छन्। कोरोनाका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ।

नेपालमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ जना भने दुई लाख ७१ हजार २४९ कोरोनाबाट मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.६ प्रतिशत छ।     

ढुक्क भएर खोप लगाऔं  

समितिका संयोजक डा. सापकोटाले हाल विश्वभर प्रयोगमा रहेका खोप सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । उनले केही अपवादबाहेक गम्भीर समस्या नदेखिएको भन्दै सो खोप लगाउन आह्वान गरे।  

प्रकाशित मिति: १२:४४ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्