माओवादी केन्द्रको बैठक बस्दै
काठमाडौं, चैत १ : माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे पछि बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे...
काठमाडौं, चैत १ : माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे पछि बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने बताइएको छ ।
पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नयाँ सरकार गठन, ओलीको बर्हिगमन, त्यसका लागि दलहरुबीच भइरहेको वार्ता र समीकरणको प्रयासका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा ब्रिफिङ गर्ने छन् ।
गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँतिएपछि एमालेमा देखिएको विवाद र पार्टी एकताका बारेमा भइरहेका छलफलका बारेमा समेत बैठक छलफल हुने बताइएकाे छ । यसअघि माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले एमालेमा मनोनित भएका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्नुका साथै गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ६ जनालाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएको थियो ।
एमालेले शुक्रबार मात्रै सरकारमा रहेका ६ जना मन्त्रीसहित माओवादीका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । एमालेमा गएकाहरुले माओवादीमा नफर्कने बताइरहेका छन् । यस्तो अवस्थामा आजको बैठकले उनीहरुलाई कारवाही गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।










-1790853075.png)
