Kathmandu Press

ला लिगा फुटबलमा रियल मड्रिडले एल्चेलाई हरायो 

काठमाडौं, चैत्र १ : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले एल्चेलाई २–१ ले हराएको छ ।आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी...
ला लिगा फुटबलमा रियल मड्रिडले एल्चेलाई हरायो 

काठमाडौं, चैत्र १ : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले एल्चेलाई २–१ ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन फ्रेन्च खेलाडी करिम बेन्जमाले निर्णायक प्रदर्शन गरे । खेलको ६१ औं मिनेटमा डानी काल्भोले गोल गर्दै एल्चेलाई अग्रता दिएका थिए । तर साविक विजेता रियालका बेन्जमाले लगातार दुई गोल गर्दै टोलीको जित पक्का गरे । जितसँगै रियाल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियालले २७ खेलबाट ५७ अंक जोडेको छ ।

समान खेलबाट ६३ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ । गएराति भएको खेलमा एथ्लेटिकोलाई गेटाफेले गोलरहित बराबरीमा रोकेको छ ।

ला लिगाकै अन्य खेलहरुमा लेभान्तेले भ्यालेन्सीयालाई १–० ले हराउँदा डेपोर्टीभो आलाभेज र काडिजले एक एक गोलको बराबरी खेलेका छन् । 

प्रकाशित मिति: ०८:५६ बजे, आइतबार, चैत १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्