Kathmandu Press

तीनवटा प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं, चैत्र १ : आज तीनवटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले बताएका छन् ।महाशाखाका अनुसार साँझपख प्रदेश १,...
तीनवटा प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं, चैत्र १ : आज तीनवटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले बताएका छन् ।

महाशाखाका अनुसार साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको हो ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ। आज दिउँसो पनि बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस बाहेकका पहाडी स्थानमा आंशिकदेखि सामान्यसम्म बदली र देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:२५ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्