जसपा कसैको पुच्छर हैन, आफै देशको नेतृत्व गर्ने शक्ति हो : भट्टराई
काठमाडौं, चैत्र १ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जसपा अरुको पछि लागेर सरकारमा नजाने प्रष्टाएका छन् ।सामाजिक...
काठमाडौं, चैत्र १ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जसपा अरुको पछि लागेर सरकारमा नजाने प्रष्टाएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले जसपाबारे जान्नैपर्ने कुराहरु भन्दै तीन वटा बिषयबस्तुको उठान गरेका छन् । ट्वीटरमा उनले लेखेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुरा १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो २.गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र विरुद्ध कसैसँग सम्झौता गर्दैन। ३.यो कसैको पुच्छर हैन, आफैं देशको नेतृत्व गर्ने शक्ति हो।’
सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताएका हुन्।
प्रकाशित मिति: ०७:०१ बजे, आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790853075.png)
