Kathmandu Press

भारतमा २४ घण्टामा थपिए २५ हजार १५३ जना कोरोना संक्रमित 

काठमाडौं, चैत्र १ : भारतमा हालसम्म १ करोड १३ लाख ५८ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ...
भारतमा २४ घण्टामा थपिए २५ हजार १५३ जना कोरोना संक्रमित 

काठमाडौं, चैत्र १ : भारतमा हालसम्म १ करोड १३ लाख ५८ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १३ लाख ५८ हजार ६४४ पुगेको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १५९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार ६४२ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९ लाख ८७ हजार ८५५ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख १२ हजार १४७ छ ।

प्रकाशित मिति: ०६:५१ बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्