सबैले सामाजिक न्याय प्राप्त गरेको अवस्था मात्रै समृद्धि : प्रचण्ड
काठमाडौं, फागुन २९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैले सामाजिक न्याय प्राप्त गरेको अवस्थालाई मात्र समृद्धि भन्न सकिने बताएका...
काठमाडौं, फागुन २९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैले सामाजिक न्याय प्राप्त गरेको अवस्थालाई मात्र समृद्धि भन्न सकिने बताएका छन्।
शनिबार प्रकाश विकल्पद्वारा लेखिएको ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले केही मानिस आर्थिक रूपमा सम्पन्न भए भन्दैमा मुलुक समृद्ध भएको मान्न नसकिने धारणा राखे।
उनले सबै मानिसले सामाजिक न्याय प्राप्त गरी सभ्यताको उचाइतर्फ अघि बढे मात्र समृद्धितर्फ अग्रसर भएको मान्न सकिने तर्क गरे। मानिसको सामाजिक न्याय, चेतना तथा सभ्यताको स्तरमा अन्तर देखिएको अवस्थालाई समृद्धि मान्न नसकिने उनको भनाइ थियो।
समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भूमिका हुने उनले बताए। इतिहास र चेतनाको निर्माता पनि नेता नभएर जनता भएको उनको भनाइ थियो।
जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्ने उनले बताए। वर्गसंघर्ष, उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगबाट बन्ने औसत सामाजिक चेतनाले नेतृत्व जन्माउने धारणा उनकाे थियाे।










-1790853075.png)
