Kathmandu Press

प्रजातनन्त्रलाई स्थायी बनाउन कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्छ : सभापति देउवा

काठमाडौं, फागुन २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बताएका छन्।नेपाली कांग्रेस केन्द्रीय महिला विभागद्वारा शनिबार...
प्रजातनन्त्रलाई स्थायी बनाउन कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्छ : सभापति देउवा

काठमाडौं, फागुन २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय महिला विभागद्वारा शनिबार आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति उनले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गरेर प्रजातन्त्रलाई सिध्याउन खोज्नेहरूविरुद्ध लड्न एकजुट हुन उनले आग्रह गरे।

प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले झुटा नारा लाएर, जनतालाई बहकाएर आफू सत्तामा बसिरहने ओली सरकारको दाउपेच भएको बताए। 

नेपालमा लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस मात्रै भएको बताउँदै उनले अन्य राजनीतिक दल प्रजातन्त्रवादी हुन नसकेको स्पष्ट पारे। कांग्रेसले धेरै हतार र लोभ नगर्ने तर परिस्थिति आइलागे जिम्मेवारीबाट पनि नभाग्ने उनले बताए।

 

  

प्रकाशित मिति: १५:३२ बजे, शनिबार, फागुन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्