Kathmandu Press

अम्याजिङ पार्कको वसन्तकालीन सौन्दर्यमा रमाउँदै प्रकृतिप्रेमी (फोटो फिचर)

ढकमक्क फुलेका फूलहरूले त्यो पार्कलाई मात्रै होइन, वरिपरिको वातावरणलाई नै मनमोहक बनाइदिएको छ, सबै प्रकृतिप्रेमीलाई मोहनी लगाइदिएको छ।
अम्याजिङ पार्कको वसन्तकालीन सौन्दर्यमा रमाउँदै प्रकृतिप्रेमी (फोटो फिचर)

काठमाडौं, फागुन २९ : वसन्त ऋतुको आगमनसँगै हरेक वर्ष प्रकृतिले नयाँ रूप बदल्छ।

भनिन्छ यो समयमा पुसमाघको शीतका कारण नांगेझार बनेका रूखहरूमा पालुवा मात्र पलाउँदैनन्, कहिल्यै नफुल्ने फुल पनि एकाएक मुस्कुराउँदै फुल्न थाल्छन्।

यसको प्रत्यक्ष उदाहरण बनेको छ, काठमाडौंको भृकुटीमण्डपस्थित अम्याजिङ पार्क । ढकमक्क फुलेका फूलहरूले त्यो पार्कलाई मात्रै होइन, वरिपरिको वातावरणलाई नै मनमोहक बनाइदिएको छ, सबै प्रकृतिप्रेमीलाई मोहनी लगाइदिएको छ।

भिडभाड र कोलाहलले बिरक्तिएकाहरू एकैछिन भए पनि फूलबारीको सौन्दर्यमा आफूलाई समाहित गर्न त्यहाँ पुग्ने गर्छन् । अझ सार्वजनिक बिदाको दिनमा त झन् त्यहाँ बालकदेखि वृद्धसम्मका सौन्दर्यप्रेमीहरूको घुइँचो नै लाग्ने गर्छ।

त्यही अम्याजिङ पार्कमा फूलसँग खेल्न र मन बहलाउन पुगेकाहरू शनिबार आफ्नै तालमा रमाइरहेका भेटिए।

प्रकाशित मिति: १५:०२ बजे, शनिबार, फागुन २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्