Kathmandu Press

नेपाल समूहले थाल्यो समानान्तर कमिटी निर्माण प्रक्रिया

काठमाडौं, फागुन २९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले शुक्रबार एकपक्षीय ढंगले केन्द्रीय कमिटी हेरफेर र केन्द्रीय सदस्य मनोनीत गरेपछि आक्रोशित बनेको माधव...
नेपाल समूहले थाल्यो समानान्तर कमिटी निर्माण प्रक्रिया

काठमाडौं, फागुन २९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले शुक्रबार एकपक्षीय ढंगले केन्द्रीय कमिटी हेरफेर र केन्द्रीय सदस्य मनोनीत गरेपछि आक्रोशित बनेको माधव नेपाल समूहले पनि समानान्तर कमिटी निर्माण प्रक्रिया थालेको छ।

ओलीले पार्टी फुटाउने मनशाय राखेर आफ्नो समूहका नेताहरुलाई भूमिकाविहीन बनाएको भन्दै शुक्रबार नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णग गरेको थियो। त्यसका लागि शनिबार स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको थियाे।  

नयाँ बानेश्वरको ए वान क्याफेमा बसेको बैठकले समानान्तर कमिटी बनाउने सिलसिलामा प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, २ को घनश्याम भुसाल र वाग्मती प्रदेशको अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ। त्यस्तै प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डे, ५ र ६ को युवराज ज्ञवाली र प्रदेश ७ को जिम्मा भीम रावलले पाएका छन् ।

युवा विभागको जिम्मा रघु पन्तलाई दिइएको छ भने गोकर्ण विष्टलाई विद्यार्थी विभाग जिम्मा लगाइएको छ । प्रचार विभागको जिम्मा योगेश भट्टराई र महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई दिइएको छ। बुद्धिजीवी विभागको जिम्मेवारी प्रमेश हमालले पाएका छन्।

प्रकाशित मिति: १४:२५ बजे, शनिबार, फागुन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्