Kathmandu Press

‘ओलीलाई हटाउन कांग्रेस, माओवादी र जसपाबीच सहकार्य जरुरी’

सप्तरी, फागुन २९ : मातृकाप्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र आफ्नो पार्टीबीच सहकार्य गर्नुपर्नेमा जोड...
‘ओलीलाई हटाउन कांग्रेस, माओवादी र जसपाबीच सहकार्य जरुरी’
मातृकाप्रसाद यादव, नेता, नेकपा (माओवादी केन्द्र)

सप्तरी, फागुन २९ : मातृकाप्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र आफ्नो पार्टीबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

उनले ओलीको प्रतिगमनकारी कदमलाई निस्तेज पार्न अग्रगमनकारीबीच एकताको आवश्यकतासमेत औंल्याएका छन् ।

प्रेस संगठन नेपाल सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले पार्टी र आन्दोलनलाई ध्वस्त बनाउन उद्यत ओलीलाई सत्ताबाट हटाउनु जरुरी रहेको उल्लेख गरे।

उनले नेपाली कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउनुपर्ने बताए । त्यस्तो सरकार बनेपछि जसपाले राख्दै आएको रेशम चौधरी रिहाइका लागि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ बहुमतको प्रयास सुरु हुने धारणा उनकाे थियाे।

प्रकाशित मिति: १४:०३ बजे, शनिबार, फागुन २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्