देउवाद्वारा कांग्रेस नेता तमर राईको निधनप्रति दुःख व्यक्त
काठमाडौं, फागुन २९ : नेपाली कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य एवं पुराना नेता तमर राईको निधनप्रति सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।...
काठमाडौं, फागुन २९ : नेपाली कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य एवं पुराना नेता तमर राईको निधनप्रति सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। नेता राईको फागुन २८ गते शुक्रबार राति झापाको काँकडभिट्टास्थित आफ्नै निवासमा निधन भएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलद्वारा शनिबार प्रेषित शोक वक्तव्यमा सभापति कोइरालाले भनेका छन्, ‘बीपी कोइरालाका सहयात्री धनवर्ण राई ‘काका’ का सुपुत्र एवं मेरा मित्र तमर राईको निधनको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहनेछ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।’
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवारसमेत रहेका राईले नेपालको लोकतान्क्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट सिंगो नेपाली कांग्रेसले एक निष्ठावान अग्रज व्यक्तित्वसँगै झापाको भूगोलले एक सरल राजनीतिकर्मी र असल समाजसेवी गुमाउनुपरेको नेपाली कांग्रेसले जनाएको छ।











-1790853075.png)
