Kathmandu Press

आहा रारा गोल्डकपमा ८ टिम, विजेताले १० लाख पाउने

काठमाडौं, फागुन २९ : मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपमा यो पटक ८ टिम सहभगाी हुने भएका छन्। प्रतियोगिताको १९औं संस्करणमा विदेशीसहित ८...
आहा रारा गोल्डकपमा ८ टिम, विजेताले १० लाख पाउने

काठमाडौं, फागुन २९ : मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपमा यो पटक ८ टिम सहभगाी हुने भएका छन्। प्रतियोगिताको १९औं संस्करणमा विदेशीसहित ८ टिम सहभागी हुने आयोजक साहारा क्लबले जनाएको छ।

पोखरा रंगशालामा चैत २१ देखि २८ गतेसम्म आयोनजा हुने प्रतियोगितामा १ विदेशी र ७ टिम सहभागी हुने साहरा क्लबले पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दियो । प्रतियोगितामा नेपालका  मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार, संकटा, मछिन्द्र, नेपाल एपिएफ र आयोजक सहारा क्लब सहभागी हुने छन् भने अफ्रिकन रुट एसोसिएसन (क्यामरुन) विदेशी क्लबका रुपमा सहभागी हुने छ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार प्राप्त गर्ने आयोजक जनाएको छ। गत वर्ष नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको थियो । 

प्रतियोगिताको अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ रहको क्लबले जनाएको छ । क्याराभान गोल्डकप सहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: १३:२१ बजे, शनिबार, फागुन २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्